बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनका कारण राजमार्ग सुनसान


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 627
    SHARES

काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ ।

राजधानी काठमाडौंमा दैनिक हजारौंको संख्यामा लकडाउन उलङ्घन गर्नेहरु पक्राउ परिरहदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ । सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन्।

त्यस्तै मानिसहरु पनि हिंडडुल गरेको देखिदैन् । सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिदैनन् । एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ ।

त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन् । अत्यन्त व्यस्त रहने नौबिसे, धादिङ, मलेखु, लगायतका बजार सुनसान छन् । राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन् । यस्तै पसलहरु पनि बन्द छन् । सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाई गरेको छ ।

सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ । लकडाउन सुरु भएदेखिनै केबलकार बन्द रहेको छ । निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ । मुग्लिनमा सञ्चालित कुनैपनि होटल पसल तथा बिभिन्न सेवा कार्यालयहरु खुुलेका छैनन् । राजमार्गमा ठाउँठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ । अत्यावस्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने कार्यलाई प्रहरीले कडाई गरेको छ । मुग्लिङ देखि पोखरा जाने सडक खण्ड पनि सुनसान छ ।

तनहुँको डुम्रेमा पनि लकडाउनको पूर्ण पालना भएको देखिन्छ । सबै पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । यस्तै अत्यावस्यक वस्तुहरु विक्री हुने पसलअगाडि समाजिक दुरी कायम गर्न लगाइएका चिन्हहरु देख्न सकिन्छ ।

न्यूज ऐजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }