आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमण रोकथाम उपचार कोषमा यती समूहको १ करोड रुपैयाँ सहयोग


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 536
    SHARES

यती समूहले सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १ करोड रुपैयाँ सहयोग गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम, निदान तथा नियन्त्रणका लागि स्थापना गरिएको कोषमा यती समूहले बिहीबार १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो।

यती समूहका लगानीकर्ताहरूको तर्फबाट अध्यक्ष लाक्पा सोनाम शेर्पाले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। सहयोग रकमपछि यती समूहले जारी गरेको विज्ञप्तिमा, ‘नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु एक राष्ट्रिय व्यवसायिक समूह यती समूहले आफ्नो कर्तव्य ठानेको उल्लेख गरिएको छ।

यती समूहले लकडाउनका कारण व्यवसाय ठप्प भएको, अर्थतन्त्र ओरालो लागेको अवस्थामा पनि व्यवसायभन्दा पनि देश र जनताको पक्षमा उभिएको जानकारी गराउँदै यस्तो सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। महामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा आफ्नो सहयोग फलदायी हुने यती समूहले विश्वास लिएको उल्लेख गरेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }