मङ्लबार, कार्तिक ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन श्रमिककोे सबैखाले सुरक्षामा ध्यान दिन पर्यटनमन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 792
    SHARES

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखसँग ‘भिडियो कन्फरेन्स’ गरी आबद्ध श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारमा भएको ‘भिडियो कन्फरेन्स’मा पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखले आ-आफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगामी दिनमा चाल्नुपर्ने कदम र सरकारसँगको अपेक्षाको विषयमा कुरा राख्नुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले कोभिड–१९ को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीको सबै खालका सुरक्षा र आगामी कार्ययोजनाबारेमा छलफल गर्नुभएको हो ।

छलफलमा होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं सहभागी हुनुहुन्थ्यो ।

छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीको दैनिक जीवनयापनको बिषयमा विशेष ध्यान दिन आग्रह गर्दै कुनै पनि श्रमिकलाई भोकै रहन नदिन आआफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।

मन्त्री भट्टराईले देशको जुनसुकै भू–भागमा रहेका श्रमिक तथा मजदूर भोकै बस्ने अवस्था रहन नहुने तथा कहीँकतै समस्या भएको भए आफूलाई खबर गर्न आग्रह गर्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर तत्कालै समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरका विषयमा पर्यटन बोर्डको समन्वयमा तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै त्यसमा प्रभावकारीरुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।

सङ्घसंस्थाका प्रमुखले पर्यटनमन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाइमा विदेशी पर्यटकको उद्धारमा भएको कामको प्रशंसासमेत गर्दै यसले विश्वमा नेपालका बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)