मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट नेपालले पायो २६ अर्ब ऋण सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 693
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई २६ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ । आईएमएफले बुधबार २१ करोड ४० लाख अमेरिकी डलर बराबरको सहयोग दिने निर्णय गरेको हो ।

आईएमएफले आपतकालिन वित्तीय सहयोग अन्तर्गत सो रकम दिन लागेको हो । १० वर्षका लागि शुन्य ब्याजदरमा नेपालले सो सहयोग उपयोग गर्न लागेको हो । आईएमएफको सहयोग रकम सरकारले बजेटरी सहायतामार्फत परिचालन गर्ने भएको छ ।

२०७२ सालको भूकम्पमा पनि सरकारले आईएमएफले दिएको सहयोग बजेटरी थियो । आईएमएफले भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितीका लागि सहयोग गर्दै आएकोमा यो वर्ष कोरोना भाइरस महामारीले गर्दा बजेटरी सहयोग गर्ने भएको हो । नेपालले आफनो कोटा सबै प्रयोग गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }