सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

४%सम्म कर्जा ‘डिफल्ट’ हुन सक्ने केन्द्रीय बैंकको आँकंलन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 443
    SHARES

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारी अझै एक महिना लम्बिए कुल कर्जाको ४ प्रतिशत जति डिफल्ट नै हुनसक्ने प्रारम्भिक आँकलन गरेको छ । पर्यटन क्षेत्रमा कुल कर्जाको ३ प्रतिशतजति लगानी भएकोले यो क्षेत्रको कर्जामा सबैभन्दा बढी जोखिम रहेको राष्ट्र बैंकको निष्कर्ष छ । पर्यटन क्षेत्रको आधा जति कर्जा डिफल्ट हुनसक्ने र अन्य केही साना, मझौला उद्यम व्यवसायको कर्जा डिफल्ट हुनसक्ने भन्दै राष्ट्र बैंकले बैंकहरुलाई त्यसका लागि तयार रहन आन्तरिक सर्कुलर गर्ने तयारी गरिरहेको बुझिएको छ ।

लकडाउनका कारण नगद प्रवाह कम भएपछि बैंकहरुको असार मसान्तको ऋण असुलीमा समस्या आउनेछ । जसका कारण चालु आर्थिक् वर्षमा केही बैंकहरु घाटामा समेत जानसक्छन् । पर्यटन क्षेत्रमा गएको कर्जाका लागि पुर्नसंरचना र पुनर्तालिकीकरणका लागि कति समय दिने भन्ने अहिले नै यकिन गर्न गाह्रो रहेको राष्ट्र बैंकका उच्च अधिकारीहरु बताउँछन् । तर यसैका बीचमा होटलहरुले भने ६ महिनाका लागि व्यवसाय नै बन्द गर्ने घोषणा गरेका छन् ।

राष्ट्र बैंकले अहिलेको महामारीले इन्भेन्ट्रि नभएका साना, मझौला उद्योग धराशयी हुनसक्ने र तिनीहरुको आपूर्ति शृंखला टुटेको खण्डमा अर्थतन्त्रको मेरुदण्डमा प्रहार हुनसक्ने भन्दै पुनकर्जा सुविधालाई व्यापक बनाउने निर्णय गरेको छ । राष्ट्र बैंकले संकटलाई दृष्टिगत गर्दै पुनकर्जा कोषमा आफ्नो नाफाबाट १० अर्ब थपेर ६० अर्ब पु¥याइसकेको छ ।

यसबाट एउटा ऋणीलाई १० करोडसम्म ऋण दिने र उत्पादनमूलक क्षेत्रमा जाने यस्तो सहुलियत कर्जाको ब्याज ५ प्रतिशत नाघ्न नदिने र साना ऋणीहरुलाई सकेसम्म अझै १ प्रतिशत सस्तो ब्याजमा ऋण दिलाउन पहल गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले ६० अर्बको पुनकर्जा कोषलाई भरपुर उपयोग गर्ने र सरकारले त्यसमा घोषणा अनुसार योगदान गरे राष्ट्र बैंकबाट १५ लाख सम्मको कर्जा २ प्रतिशत ब्याजमा बैंकलाई दिने र त्यो भन्दा माथि ३ प्रतिशत ब्याजदरमा दिने तयारी गरिरहेको जनाएको छ । यसले गर्दा साना मझौला उद्योग जोगाउन सकिने राष्ट्र बैंकको निष्कर्ष छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }