शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनपछी सुनसान रसुवागढी (भिडियो सहित)


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 1.6K
    SHARES

राज्यलाई दैनिक २ करोड भन्दा बढी राजश्व योगदान गरिरहेको चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बिगत तिन महिना यता बन्द रहेको छ । नाका भन्द भएपछि राज्यलाई त घाटा भएको छ नै, स्थानिय तथा नाकामा कारोबार गर्ने व्यापारिहरुलाई समेत रोजि रोटीको चिन्ता बढेको छ । सोहि कारण उनीहरु सोधिरहेका छन् नाका कहिले खुल्छ ।

चीनको केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटनाको सम्भावना भएपछि माघ १५ गतेदेखि नै रसुवागढी नाकाबाट आवत जावत तथा आयात निर्यात ठप्प भएको थियो । त्यस यता कोरोना संक्रमण तथा ल्होसार पर्वमा परेको लामो सार्वजनिक बिदा लगायतका कारण नाका सुनसान बन्न पुग्यो ।

कोरोना भाइरसले महामारीको रुप लिएपछि चिनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने कारोबार पनि ठप्प भएको छ । कोरोना भाइरसले महामारीको रुप लिएपछि सुरुमा चिनिया पक्षले १५ दिन नाका बन्द गर्ने बताइएको थियो ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मालसामान आयात तथा निर्यातका लागि रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

समितिको निर्णय पश्चात चैत १२ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई तातोपानी र रसुवागढी नाकाबाट सामान आयात गर्न आग्रह गर्दै पत्राचार गरेको थियो । नाका संचालनमा ल्याउने भनेपछि कोरोनाको जोखिम बढ्ने भन्दै स्थानियले अहिले नाका नखोल्न नेपाल सरकारलाई दबाब दिएका थिए ।

चीन सरकारले पुन चैत २० गते परराष्ट्र मन्त्रालयलाई पत्रको जवाफ पठाउँदै अहिलेलाई तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने जानकारी दिएकोे थियो । चीन सरकारले नै तातोपानी नाकाबाट मात्र स्वास्थ्य सामाग्री पठाउने र रसुवागढी नाका तत्काल नखोल्ने भनेपछि तिन महिना यता चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्दाबन्दीमा परेको छ । तातोपानी नाकाबाट अहिले औषधिजन्य बस्तुहरु नेपाल भित्रिएतापनि रसुवागढी नाका भने चीन सरकारले नै बन्द गरेको छ ।

दैनिक २ करोड राजश्व संकलन हुदै आएको यो नाकाले देशको अर्थतन्त्रमा सहयोग पुर्याउदै आएको भएपनि नाकाबाट हुने आयात निर्यात ठप्प हुदाँ अहिले सुन्य अवस्थामा पुगेको छ । रसुवागढी नाकामा पुग्ने हो भने अहिले नेपाल र चीन दुबै तर्फको गेट लगाइएको छ । नाकाको सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका सुरक्षाकर्मीहरु कोहि आउछन् कि भनेर बसेको मात्र भेटिन्छन् ।

भिडियो:

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }