सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको नेपाल उद्योग परिसंघ व्दारा स्वागत


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २७, २०७७
  • 1.1K
    SHARES

काठमाडौं।

लकडाउनलाई जारी राख्दै, यो अवधिमा प्रक्रिया पुर्‍याएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास परिसंघको छ ।

परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि आग्रह गरेको छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिँड्डुलका लागि अनुमति पत्र अर्थात् पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई अपील गरेको छ ।

संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई तीन अलग(अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउनुपर्नेमा परिसंघले जोड दिएको छ । रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले यसतर्फ कदम चाल्न परिसंघले सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }