सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय भुक्तानी प्रणालीमा सहकारीलाई प्रवेश गराउन कानुनी सुधार आवश्यक


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २७, २०७७
  • 437
    SHARES

काठमाडौं ।

राष्ट्रिय भुक्तानी प्रणालीमा सहकारीलाई प्रवेश गराउन कानुनी सुधार गर्नुपर्ने आवश्यक भएको शनिबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको ‘सहकारीको वित्तीय सेवामा प्रविधि प्रयोग’ विषयमा भिडियो कन्फरेन्समा बोल्ने वक्ताहरुले सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणलीमा प्रवेश गराउन नीतिगत व्यवस्थ गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपाल राष्ट्र बैंक र सहकारी विभागले मापदण्ड बनाउनुपर्ने त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिए । सहकारीको बर्गीकरण गरी मापदण्ड बनाउनुपर्ने र सहकारीलाई प्राविधि प्रयोगमा कानुनी बैधता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्न राष्ट्र बैंक तयाार भएपनि कानुनी र प्राविधिक समस्या भएको बताए । कानुन संशोधन गरेर सहकारीलाई उक्त प्रणालीमा जोड्न सकिनेमा राष्ट्र बैंक सकारात्मक भएको उनको भनाइ छ । ‘अहिले नै सहकारीलाई उक्त प्रणालीमा जोड्दा सुरक्षा र प्रभावकारितामा प्रश्न उठेकाले समस्या आएको हो,’ उनले भने,‘इमोश्नल कुराले मात्र हुँदैन, विधि र प्रक्रिया पूरा गरेर जानुपर्छ ।’

बैंकले राष्ट्र बैंकसँग अनुमति नलिई सहकारीसँग सम्झौता गरी एटिएमलगायतका सेवा सञ्चालन गर्नु बैधानिक नभएको नेपालले बताए । ‘अहिलेसम्म कुनै पनि बैंकले सहकारीसँग कारोबार गर्न स्वीकृति लिएको छैन,’उनले भने,‘कुनै समस्या आए त्यस्तो सेवा बन्द हुन सक्छ र जवाफ देही पनि त्यही बैंक हुनेछ ।’

सहकारीलाई भुक्तानी प्रणाली सेवा दिन कानुनी पूर्वाधार र जोखिम व्यवस्थापनबाट मुक्त गराउन कानुनी र प्राविधिक काम बाँकी रहेकाले राष्ट्रिय सहकारी बैंकलाई क्लियरिङ हाउसमा जान स्वीकृति दिन नसकिएको बताए । भुक्तानी तथा फच्र्छौट ऐन परिमार्जन गरेर सहकारीलाई समेट्ने कुरामा कुनै द्वविधा नभएपनि कानुनी प्रावधान मिलाउन अनिवार्य भएको उनको भनाइ छ ।
सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीलाई साघुँरो सोचले मात्र हेर्न नहुने बताए । सहकारीले पनि क्युआर कोड, वालेट, मोबाङ बैंकिङ, एटिएमलगायतका सेवा सुरु गरिसकेको अवस्थामा २५ जनाले झोलामा बोेकेर सहकारी सञ्चालन गर्ने मात्र हो भनेर सहकारीलाई प्रविधि प्रयोगमा रोक लगाउन नहुने उनको भनाई छ । ‘मुलुकको सार्वजनिक क्षेत्र समेत प्रविधिमैत्री भइसकेको अवस्थामा सहकारीले पनि सञ्चालन गर्र्र्नै पर्छ’ उनले भने । चेक जारी गर्न नपाउने भन्ने नहुने बताए । ‘सहकारीलाई डिजिटाइज गर्नैपर्छ’ उनले भने,‘अब सहकारीलाई चेक जारी गर्न रोक्न हुदैँन ।’

आउँदो आर्थिक वर्षदेखि सहकारी विभाग पूर्णरुपमा डिजिटलाइजमा जाने प्रक्रिया सुरु भइसकेको भन्दै सहकारीलाई डिजिटलाइज्मा आउन बाध्यता हुने बताए । अन्तर सहकारी कारोबार कार्यविधिको मस्यौदा अन्तिम चरणमा रहेको भन्दै यसले सहकारीलाई प्रविधिमा जान सघाउ पुग्ने उनको भनाइ । डिजिटल वित्तीय कारोबार समयको माग भएको भन्दै रजिष्ट्रार पाण्डेले कानुनी जटिलता, द्वविधा हटाएर डिजिटाइज्ज गर्न गृहकार्य सुरु भइसकेको बताए ।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले कानुनी अड्चनका कारण सहकारीमार्फत कारोबार गर्न अन्योल सिर्जना भएको बताए । क्लियरिङ हाउसले बैंक र नेफ्स्कुनसँग भुक्तानी कारोबारका लागि छलफल चलाएपनि कानुनी अड्चनका कारण कारोबार गर्न नसकिएको उनको भनाइ छ । ‘सहकारी–सहकारी बीच कारोबार गर्ने वातावरण बन्नुपर्छ’ उनले भने ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारीको कामबारे नै सरोकारवालाहरुमा अन्योल देखिएको बताए । भुक्तानी तथा फच्र्यौैट ऐनका कारण सहकारीलाई डिजिटल कारोबार गर्न नीतिगत समस्या रहेको उनको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का कार्यकारी प्रमुख शिवजी सापकोटाले नेफ्स्कुनका चार हजार सदस्य मध्ये दुई हजार पाँच सयले कोर बैंकिङ कारोबार गरिरहेको बताए । साना र अव्यवस्थित संस्थालाई प्रविधि प्रयोगमा समस्या भएको उनको भनाइ छ । सिष्टम सञ्चालन गर्न परिवर्तित प्रविधि आत्मसाथ गर्न दक्ष जनशक्ति चाहिने उनले बताए । सबै सहकारीलाई डिजिटल पेमेन्टमा जान सजिलो नभएको उनको भनाइ छ । वित्तीय सेवा डिजिटाइजेसन गर्न अपरिहार्य भइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }