मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वाणिज्य बैंकहरुको नाफा झनै खुम्चियो, नविल र ग्लोबल आईएमईको सबैभन्दा बढी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 454
    SHARES

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा वाणिज्य बैंकहरुको नाफा झनै खुम्चिएको छ । पहिलो र दोस्रो त्रैमाशमा घट्दै गएकोमा चैतसम्म आउँदा झनै खुम्चिन पुगेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दावन्दी (लडकाउन) को असर नाफामा देखिएको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यद्यपी पहिलो त्रैमाशदेखि बैंकहरुको नाफामा कमी हुन थालेको थियो ।

२७ ओटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको  ९ महिनाको वित्तीय विवरणअनुसार खुदनाफा २.३६ प्रतिशतले मात्र बढेको छ । यी मध्ये १५ ओटा बैंकको नाफा बढेको र एक दर्जनको घटेको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुले ४५ अर्ब ६९ करोड रुपैयाँ खुदनाफा गरेका छन । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ४४ अर्ब ६४ करोड रुपैयाँ खुदनाफा गरेका थिए ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा १ अर्ब ५ करोड रुपैयाँ मात्र बढेको सार्वजनिक भएका वित्तीय विवरणले देखाएका छन । गत वर्षको सोही अवधिमा बैंकहरुको नाफा २१.६५ प्रतिशत बढेको थियो । बैंकको नाफा वृद्धिदर चालू आवको पहिलो त्रैमासमा ६.२५ प्रतिशत र दोस्रोमा ६ प्रतिशत हारहारीमा रहेको थियो ।

हाल निक्षेप बढ्न नसकेको कर्जाको विस्तार नभएको, मासिक किस्ता असुली ठप्प हुँदा नाफामा गम्भीर धक्का  लागेको बैंकहरु बताउँछन । राष्ट्र बैंकको निर्देशनअनुसार भएको नाफालाई  रिजर्भमा राखिएको छ ।

बैंकहरुको किस्ता असुली प्राय ठप्प भएको, बैंकिङ्ग कोरोबार खुम्चिएको र व्यवसाय गर्न नपाएपछि आउँदो असारसम्म बैंकको नाफा झनै खुम्चिने संभावना बढेको छ ।

लकडाउनले गर्दा केन्द्रीय बैंकले किस्ता भुत्तानीको समय बढाएर असारमसान्तसम्म पुर्याएको छ । बैंकको ब्याज बाहेक अन्य आम्दानी बन्द छ । ब्याज पनि असुल गर्न बैंकहरुले पाएका छैनन ।

घटे पनि तेस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक भएको छ । समीक्षा अवधिमा नबिलले ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेको छ । दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ ।

ग्लोबल आईएमईले ३ अर्ब १५ करोड रुपैयाँ खुदनाफा गरेको छ । यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्रिय वाणिज्यको नाफामा गिरावट आएको वित्तीय विवरणमा देखिएका छ ।

१५ बैंकका नाफा बढ्यो 

प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा गर्नेमा ग्लोबल आईएमई रहेको छ । उसको नाफा ६८.४६ प्रतिशत बढेको छ । यस्तै सेञ्चुरी कमर्शियल बैंकको नाफा ४९.९६ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ । प्राइम कमर्शियल बैंकको ३१.१६ र हिमालयन बैंकका १५ प्रतिशत रहेको छ ।

एनआईसी एसिया, एभरेष्ट, एनएमबी, स्ट्यान्डर्ड चाटर्ड, सानिमा, प्रभु, मेगा, नेपाल क्रेडिट एन्ड कर्मश, सिटिजन्स, लक्ष्मी र कुमारी बैंकको नाफा सामान्य वृद्धि भएको छ ।

नाफा घटाउने बैंकहरु 

सबैभन्दा बढी नाफा गर्ने नविलको १ प्रतिशतले घटेको छ । वित्तीय विवरणअनुसार बैंक अफ काठमाडौंको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा २७.४९ प्रतिशत घटेको छ ।

राष्ट्रिय वाणिज्यको १३.२३, नेपाल इन्भेस्टमेन्टको २.७३ प्रतिशत, कृषि विकासको ७.७७ प्रतिशत, नेपाल बैंकको ११ र नेपाल बंगलादेशको ११.९५, नेपाल एसबीआईको १०, सिदार्थको १५.८८, माछापुच्छेको ६, सनराइजको २३.७१ प्रतिशत र सिभिलको २७ प्रतिशत नाफा घटेको छ ।

वित्तीय विवरणअनुसार यस अवधिमा एक दर्जन बैंकको वितरणयोग्य नाफा भने घाटामा नै रहेको छ । वितरणयोग्य नाफा ऋणात्मक भएका बैंकहरूमा लक्ष्मी बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, बैंक अफ काठमाडौं र सिभिल बैंक हुन ।

बैंकहरुले औसत १५ रुपैयाँ मात्र नाफा कमाउने गरेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन । उनले चालु आर्थिक वर्ष सुरु भएदेखि नाफाको वृद्धिदरमा निरन्तर कमी आएको र लकडाउनले झनै घटाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }