सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साना तथा मझौला उधोग बचाउन बजेट र मौद्रिक नीतिमार्फत राहतको प्याकेज ल्याउन महासंघको माग


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 636
    SHARES

काठमाडाैं । अर्थतन्त्रमा महत्वपूर्ण योगादन पुर्याउँदै आएको घरेलु तथा साना उद्योगीलाई नेपाल उद्योग वाणिज्य महासंघले सक्रियता बढाएको छ ।
कोभिड १९ बाट नराम्ररी प्रभावित भएका साना तथा मझौला उद्योगीलाई बचाउन र थप सशक्त बनाउन सक्रियता बढाएको महासंघका अध्यक्ष भवानी राणाले बताइन् ।

तथ्यांक विभागका अनुसार घरेलु तथा साना उद्योगीले देशको अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेका थिए । ‘त्यो क्षेत्र अहिले तहसनहस भएपछि पुनर्रुत्थानका लागि महासंघ लागेको छ,’ राणाले भनिन्, ‘यस्तो अवस्थाबाट साना उद्योगीलाई जोगाउन सकिएन भने अर्थतन्त्रमा ठूलो नोक्सान पर्छ ।’

सरकारले यस्ता उद्योगीलाई संरक्षण र प्रवद्र्धन गर्न बजेट र मौद्रिक नीतिमार्फत राहतको प्याकेज ल्याउनुपर्ने राणाको भनाइ छ ।
महासंघले आफ्ना प्रदेश च्याप्टरका पदाधिकारीहरुको सहभागितामा कोभिड १९ ले स्थानीय उद्योग व्यवसाय र अर्थतन्त्रमा परेको प्रभाव विषयमा भर्चुअल छलफल सो कुरा उठेको हो ।

प्रदेश सदस्यहरुले आगामी बजेट मार्फत पर्याप्त स्टिमुलस प्याकेज ल्याउन जोड दिँदै उद्योगी व्यवसायीका कुरालाई सुनिएन भने आउँदा दिनमा मुलुक आर्थिक रूपमा निकै ठूलो समस्यामा जाने चिन्ता व्यक्त गरेका छन् ।

अहिलेको समयमा विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसाय सहित अर्थतन्त्रको संरक्षणका लागि महत्वपूर्ण राहत कार्यक्रम घोषणा गरी सकेको तर नेपाल सरकारले भने अहिलेसम्म पनि आकर्षक स्टिमुलस प्याकेज ल्याउन नसकेको भन्दै आगामी बजेट मार्फत त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी देखिएका छन् ।

छलफलमा उद्योग व्यवसाय बचाउने कार्यमा बैंक तथा उद्योगी व्यवसायी बीच सहकार्य हुनुपर्ने, विद्युत डिमाण्ड चार्ज छुटदिनुपर्ने, अतिसंवेदनशील क्षेत्रलाई बढी निगरानीमा राखेर सामान्य जिल्लामा आन्तरिक रूपमै भएपनि आर्थिक गतिविधिहरू चालु गर्नुपर्ने, लकडाउनको समयको बैंक व्याज मिन्हा गर्नुपर्ने, महासंघले सरकारमा पेश गरेको सुझाव कार्यान्वयनमा निरन्तर दवाव दिनुपर्ने, कृषि उत्पादन संकलन, सुरक्षित भण्डारण, आवश्यक मल वीउ विजनको पर्याप्त आपूर्ति गर्न दवाव दिनुपर्ने र निजी क्षेत्रलाई पनि मल आयात गर्ने सुविधा दिनुपर्ने, अहिलेसम्म संकलन भएको आयकर अन्य देशले जस्तै नेपाल सरकारले पनि कर तिरेका उद्योगी व्यवसायीलाई फिर्ता दिनुपर्ने सुझाव दिईएको छ।

यसैगरि लकडाउनको अवधिमा बैंकहरूले सेवा शुल्क र नविकरण शुल्क लिने कार्यलाई बन्द गर्नुपर्ने, उद्यमी व्यवसायीमाथि सुरक्षा निकायबाट भएका अभद्र व्यवहार रोक्नुपर्ने, मुलुकलाई अप्ठेरो पर्दा सधै सहयोग गर्ने उद्यमी व्यवसायीलाई पनि यो कठिन समयमा सरकारले दिलखोलेर सहयोग गर्नुपर्ने, कृषि उत्पादन बढाउनेतर्फ राज्यको ध्यान जानुपर्ने, पर्यटन क्षेत्रमा ठूलै राहत प्याकेज ल्याउनु पर्ने, कर्णाली प्रदेशका अधिकांश जिल्लामा खाद्यान्न संकट हुने देखिन्छ यसतर्फ यो वर्षा अगाडीनै खाद्यान्न पु¥याउनेतर्फ राज्यको ध्यान जानुपर्ने, बैंक व्याजको टुंगो नभएसम्म अवस्था सामान्य भएपनि उद्योग व्यवसाय चलाउन नसकिने लगायतका सुझावहरू सो अवसरमा दिइएको थियो ।

्लकडाउनको समयमा कामविहीन भएकाहरूलाई जिल्ला उद्योग वाणिज्य संघहरूको सहयोग र पहलमा निःशुल्क भोजनको प्रवन्ध गरिएको, खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको, आइसोलेशनमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई निःशुल्क वस्ने खाने प्रवन्ध गरिएको, स्थानीय निकायसंगको सहकार्यमा जोड दिइएको, समस्यामा परेकाहरूको उद्धारमा सहयोग जारी राखिएको,कठिन समयमा पनि जनताको सेवामा निजी क्षेत्र जुटिरहेको कुरा सो अवसरमा सहभागी प्रदेशका अध्यक्षहरूले जानकारी गराएको महासंघले जनाएको छ।

छलफलमा महासंघका अध्यक्ष भवानी राणा, उपाध्यक्ष किशोर कुमार प्रधान, महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरूः दिनेश श्रेष्ठ, नरेन्द्रकुमार खड्का, संजीव कोइराला, पदम बहादुर शाही, शंकर बोगटी, शिव शंकर साह, प्रदेश ५ का उपाध्यक्ष दिपक पौडेल सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }