मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय व्यवसायिक पहल व्दारा तयार पारिएको आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन योजना नामक पुस्तक सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 603
    SHARES

काठमाडौं– राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)ले श्रमिक कामदारहरुको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरु सम्बन्धमा ‘कोभिड १९’ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन योजना नामक पुस्तक प्रकाशित गरेको छ।

बिहीबार एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नु भयो।

उधोग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले पुस्तकले आर्थिक गतिविधि सुचारु गर्न श्रमिक कामदारलाई सुरक्षित माध्यमबाट काममा फर्किने वातावरण तयार गर्न सहयोग पुर्याउने  बताउनु भयो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले श्रमिक कामदारलाई जोखिम न्युनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके यसले उत्पादन तथा रोजगारी सूचारु भई आम जनजीवन सामान्य अवस्थामा तर्फ अघि बढ्ने भएकोले यसको कार्यान्वयन पक्षमा जोड दिन आग्रह गर्नु भयो।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले पुस्तकले सुझाएका विषयवस्तुलाई सरोकारवाला पक्षले इमान्दारिताका साथ अबलम्वन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने  बताउनु भयो।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भइरहेको र अझ निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासको गति ठप्प प्रायः भएको सन्दर्भमा सुरक्षित वातावरणमा उद्योग सञ्चालनको लागि विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय श्रम संगठनलगायत अन्य निकायहरूको मापदन्डमा नियम पालना गरी काम कसरी चलाउने‚ मजदुरहरूको स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने कुरा सो पुस्तकमा समावेश गरीएको बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }