सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योगलाई डुवाएर बैंक चल्छ भन्नु असम्भव : गभर्नर अधिकारी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 534
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योग र कारखानालाई बन्द गरेर बैंक नचल्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आज आयोजना गरेको भर्चुअल भिडियो छलफलमा गभर्नर अधिकारीले ब्यवसायीहरुले भनेजस्तो कतिपय कुराहरु कार्यान्वयन गर्न ब्यवहारिक कठिनाइ भएपनि सम्भव भएसम्म उनीहरुका कुरा सम्बोधन गरिने बताएका हुन् ।

उनले अन्य क्षेत्र मारेर वित्तीय क्षेत्र मात्र जोगाउने पक्षमा राष्ट्र बैंक नरहेको भन्दै अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर कतिपय निर्णय लिनु पर्ने बताए। अधिकारीले बैंकहरुको लागत कम होस् भनेर संस्थागत निक्षेपकर्ताको ब्याज ७ प्रतिशतमा झार्ने गरी नीतिगत निर्णय गरिएको बताए ।

उनले कोभिड-१९ को असर कम गर्न ऋणीलाई केही राहत दिइएको बताए । तर, यसको निरन्तरताले वित्तीय क्षेत्रलाई अप्ठेरो नपरोस् भन्नेमा पनि सचेत हुनु पर्ने उनको भनाई छ । उनले भने – “हाम्रो प्रयास के हो भने कोही कतै मर्नु हुँदैन। सबै बाँच्नु पर्यो। वित्तीय क्षेत्र पनि बाँच्नु पर्यो ।”

अहिलेको बेलामा सबै जना लचक हुनु पर्ने उनको भनाई छ । उनले भने – “हामी पनि लचक भइसकेका छौं । बैंकिङ क्षेत्रलाई सुरक्षित राख्नु पर्छ र विजिनेस पनि सुरक्षित हुनु पर्छ। त्यसका लागि हामी सबै उपकरण प्रयोग गर्छौं।”
त्यसैगरी सके जति गर्न आफ्नो पक्षबाट तयार भएको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }