सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना प्रभाव : खाडी मुलुकमा मात्रै साढे ४ लाख नेपाली श्रमिकको रोजगारी गुम्दै


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ६, २०७७
  • 349
    SHARES
  • फाईल फोटो

काठमाडौं । कोरोना भाइरसको प्रभावले वैदेशिक रोजगारीमा रहेका साढे चार लाख भन्दा बढी नेपालीले रोजगारी गुमाउने प्रक्षेपण गरिएको छ । नेपाली कामदार रहेका मुलुकहरुले भाइरसको संक्रमणका कारण ठूलो मात्रामा श्रमिकहरु कटौतीको गर्दा नेपालीहरु पनि प्रभावित भएका छन् । यस्तोमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रारम्भीक अध्ययन गरी अहिलेकै अवस्थामा खाडी मुलुकमा मात्र ४ लाख ४८ हजार ९ सय ५० जनाले रोजगारी गुमाउने प्रक्षेपन गरेको छ ।

संघका महासचिव सुजित श्रेष्ठले भने ‘कुन देशमा कतिले रोजगारी गुमाउदै छन् भन्ने एकिन तथ्यांक अहिलेनै आउन सकेको छैन । तर, अहिलेकै अवस्थामा करिब साढे ४ लाख नेपालीहरुले रोजगारी गुमाउने अवस्थामा छ । ती मध्ये कतिले रोजागी गुमिसकेको छ भने कतिको गुम्ने अवस्थामा छ ।’  कुनै पनि देशमा भाइरस पूर्ण नियन्त्रणमा आइनसकेको तथा प्रभाव कहिलेसम्म रहने यकिन नभएका कारण पनि कति नेपालीले रोजगारी गुमाउछन् भन्न नसकिने उनको भनाई छ ।

संघका महासचिव श्रेष्ठले प्रारम्भीक अध्ययन अनुसार मलेसियामा मात्र १ लाख ५० हजार नेपालीले रोजगारी गुमाउने बताए । त्यस्तै यूएईमा १ लाख २० हजार, कतार ८५ हजार, साउदी अरबमा ७६ हजार,कुवेतमा १ लाख २० हजार,बहराइनमा ४ हजार २ सय र ओमनमा १ लाख ५० हजारले रोजगारी गुमाउने छन् । हाल मलेसिया सहित खाडी मुलुकमा मात्र १८ लाख २ हजार ५ सय नेपालीहरु कार्यरत रहेका छन् ।

नेपालीहरु मुख्य रुपमा निर्माण क्षेत्र, उद्योग, होटल र सेक्युरिटी सेवामा वैदेशिक रोजगारीमा जाने गरेका छन् । कामको आधारमा निर्माण क्षेत्रमा २१.१ प्रतिशत, उद्योगमा १७.३ प्रतिशत, होटलमा ९.३ प्रतिशत, कार्पेन्टरमा ८.३ प्रतिशत र सेक्युरिटी गार्डका लागि ७ प्रतिशत वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

अन्य काम (क्लिनर, घरायसी कामदार) को लागि १६.६ प्रतिशत गएको देखिन्छन् । देशगत रुपमा हेर्दा साउदी अरब, यूएई, कतार र कुवेतमा निर्माण क्षेत्रमा, मलेसियामा उद्योगमा र सेक्युरिटी गार्डमा बढी कामदार जाने गरेका छन् । वैदेशिक रोजगारबाट नेपालले वार्षिक करीव ९ खर्ब रेमिट्यान्स पाउदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }