आइतवार, बैशाख ३०, २०८१

विदेशबाट नेपाल आउन चाहने नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सांसद दवाडीको माग


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १३, २०७७
  • 1.2K
    SHARES

पोखरा, १३ जेठ । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले भारत र विभिन्न मुलुकबाट नेपाल आउन चाहने नेपालीलाई नेपालमा ल्याएर उचित क्वारेन्टाइनमा राख्न माग गर्नुभएको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा शुन्य समयमा बोल्दै उहाँले कोरोना भाइरसका कारण विश्वका विभिन्न देश र भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद दवाडीले लकडाउनका कारण गोरखाका उत्तरी क्षेत्र बारपाक–सुलिकोट, अजिरकोट, सिरानचोकलगायत क्षेत्रका किसानहरु विउ, मलको अभाव हुनुका साथै दैनिक गुजारा टार्नसमेत मुस्किल परेको बताउनुभयो । “कृषि क्रान्तिको नारा दिने सरकारले कृषकलाई विचल्लीमा पारेको छ,”–उहाँले भन्नुभयो ।

उहाँले कोरोनाको उपचारका लागि प्रदेश सरकारले दिएको बजेट जिल्ला अस्पताललाई रु १० लाख र जिल्ला प्रशासन कार्यालयलाई रु १५ लाख दिएर विभेद गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }