आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा

सभामुखको असंवैधानिक कदम विरुद्ध कानुनी उपचारमा जाने काँग्रेसको प्रतिक्रिया


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २४, २०८१
  • 52
    SHARES

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विवादमा तानिएको छ । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद समर्थन गरिएका थिए । विपक्षमा २७ मत र मत दिन्न भन्नेमा २ मत परेको थियो ।   सभामुख कृष्ण धितालले ३० मत प्रदेश सभाको बहुमत भएको भन्दै मुख्यमन्त्रीलाई सदनबाट विश्वासको मत पाएको घोषणा गर्नु भएको थियो ।

सभामुख धितालले बहुमत पुगेको घोषणा गरेपछि कांग्रेस ६० सदस्य प्रदेश सभामा ३० लाई बहुमत मान्न नसकिने भन्दै सभामुखको उक्त कदम संविधान विपरित रहेको भन्दै विरोध गरेका हुन  । काँग्रेसको उक्त विरोध सँगै मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमा तानिएको छ ।

 

बहुमतका लागि ३१ सांसद आवश्यक पर्ने भए पनि ३० जनाकै भरमा बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेसका सांसदले बैठकमै नाराबाजी गरेका थिए ।

सभामुखले असंवैधानिक कदम चालेको भन्दै त्यस विरुद्ध कानुनी उपचारमा जाने समेत काँग्रेस सांसदहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }