सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकार सम्मानित


  • माउन्टेन खबर
  • सोमवार, असार २२, २०७७
  • 663
    SHARES

काठमाण्डौं।खेलकुद पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकारहरु सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले पत्रकारियुवा एवं खेलकुद पत्रकारिता पुरस्कार
ताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ४ जनालाई सम्मान गरेको हो । खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका हुन् । उनीहरुले जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै युवा पत्रकारिता पुरस्कारबाट ६ जना सम्मानित भएका छन् । खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्का युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । खेल क्षेत्रको विकास, विस्तारका पत्रकारिताको माध्यमबाट योगदान पु¥याए बाफत सम्मान गरिएको मन्त्री जगत विश्वकर्माले बताउनुभयो । खेल क्षेत्रमा देखिएका समस्यालाई सम्बन्धित निकायसम्म पु¥याएर सरोकारवालाहरुको ध्यानाकर्षण गर्न र युवा क्षेत्रका समस्या उजागरका लागि पत्रकारिताको माध्यमबाट ठूलो योगदान पु¥याएको उहाँले बताउनुभयो ।

मन्त्रालयले आज नै एण्टी डोपिङ मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नेपाली खेलकुद क्षेत्रको इतिहास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई प्रविधिको माध्यमबाट सो एपले सहयोग गर्ने मन्त्री विश्वकर्माले बताउनुभयो

विगतमा नेपाल सरकारले गरेको खेलकुद गतिविधहरु र नेपाली खेलाडीहरुले प्राप्त गरेको उपलब्धीहरुको अभिलेखिकरण नभएकाले त्यसलाई व्यवस्थित गर्न डिजिटल माध्यमको खाँचो भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }