सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एन्फाद्वारा नेपाली सेनालाई खेल सामग्री सहयोग


  • माउन्टेन खबर
  • शनिबार, असार २७, २०७७
  • 557
    SHARES

काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाद्बारा नेपाली सेनाकाे जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनको लागि एन्फाको तर्फबाट सहयोग स्वरुप आवश्यक सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

सेनाका अनुसार विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिताका क्रममा अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्येनजर गरि जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि एन्फाद्बारा आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।

उक्त खेल मैदानमा रहेको भि.भि.आई.पि. प्यारापिटमुनि रहेको २ (दुई) वटा खेलाडी परिवर्तन कक्षमा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-२३/२३, फिजियोथेरापी वेड गोटा-१/१, रेफ्रिजिरेटर गोटा-२, ऐना गोटा-१/१ र रेफरी परिवर्तन कक्षकाे लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर गोटा-४, सोफा गोटा-४, टेवल गोटा-२ लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा समेत थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }