सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लन्डन डर्बीमा टोटनहम विजयी


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०७७
  • 837
    SHARES

लन्डन । बहुप्रतिक्षित  लन्डन डर्बीमा टोटनहमले आइतबार आर्सनललाई २–१ ले हराएको छ । प्रतिष्ठाको लडाइँ मानिएको खेल जितेपछि त्यसले टोटनहनमका व्यवस्थापक जोसे मोउरिन्होलाई ठूलो राहत दिएको छ ।

यो खेल जितेर टोटनहम आर्सनललाई उछिनेर ५२ अंकसहित आठौं स्थानमा रह्यो भने आर्सनल उसको ठीक पछाडि ५० अंकमा छ । खेलको निर्णायक गोल टोबी एल्डरवाइल्डले ८१औं मिनेटमा गरे ।

यसअघि आर्सनलले एलेक्जान्डर लेकाजेटको गोलले अग्रता लिएयता सन ह्युङ–मिनले बराबरी गोल गरे । आइतबार नै बर्नमाउथले लेस्टर सिटीलाई ४–१ ले हराएर रेलिगेसनबाट बच्ने सम्भावना कायम राख्यो ।

जितका बाबजुद बर्नमाउथ पुछारबाट तेस्रो स्थानमा छ । यस्तै पुछारबाट दोस्रोमा रहेको एस्टन भिल्लाले पनि क्रिस्टल प्यालेसलाई २(० ले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }