मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउन खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै लयमा फर्किन थाल्यो


  • माउन्टेन खबर
  • आइतवार, साउन ११, २०७७
  • 700
    SHARES

काठमाण्डौ। कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले लगाएको लकडाउन साउनको पहिलो साता पछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै  लयमा फर्किन थालेको छ । त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेको छ भने अन्य खेल पनि फर्किने तयारी गरिहेका छन् ।

बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा उपस्थित हुनुभएको थियो । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहनुभएको थियो । कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पुरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताउनुभयो ।

कोरियन प्रशिक्षकले कोर्टमा खेलाडीलाई विभिन्न टेक्निकहरु सिकाइरहनु भएको थियो । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिएको बताउनुभयो । निश्चित खाका बनाएर खेलाडीलाई अभ्यासमा फर्किन अनौपचारिक निर्देशन गरेपछि व्याडमिन्ट संघले विदेशी प्रशिक्षकको प्रशिक्षणमा नियमित अभ्यास गरिरहेको छ । लक डाउनको पहिलो तीन महिना र लकडाउन पछिको तीन महिनाको घर बसाईले व्याडिमिन्ड खेलाडीलाई चिन्ता थियो र फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।

सिनियर र जुनियर गरि अभ्यास गरिरहेका ब्याडमिन्ट खेलाडी अहिले फिटनेसमा केन्द्रित छन् । कोर्टमा प्रवेश गराउनु अघि प्रशिक्षकले फिटनेसमा जोडि दिइरहेको युवा खेलाडी प्रिन्स दाहालले बताउनुभयो ।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन् । चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छन् । भौतिक पूर्वाधर र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उर्तान खेलकुद गतिविधि फर्काउन चुनौति छ । राष्ट्रका लागि खेल्ने खेलाडीलाई भयरहित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }