शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

एकैदिन ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौंमा २ हजार ८५ जना नयाँ संक्रमित थपिए


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०७७
  • 236
    SHARES

काठमाडौं,२२ असोज।  आज काठमाडौंमा २ हजार ८५   गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६७, प्रदेश नम्बर २ मा ५ सय १२, बागमती प्रदेशमा ७ हजार ८ सय ८४ र गण्डकी प्रदेशमा ४ सय ६१ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ९०, कर्णाली प्रदेशमा ४ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २ सय ५८ जना गरी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय २७, प्रदेश नम्बर २ मा ४ सय ७५, बागमती प्रदेशमा ९ हजार ८ सय २८ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ४७, कर्णाली प्रदेशमा ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७६ जना गरी देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।

आज आइसियुमा २ सय ३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार २ सय २१, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ बागमती प्रदेशमा २५ हजार ३ सय ५ र गण्डकी प्रदेशमा ४ हजार १ जना डिस्चार्ज भएका छन । लुम्बिनी प्रदेशमा १० हजार २ सय ३८, कर्णाली प्रदेशमा ३ हजार ३ सय २६, सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ६१ गरी देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन ।

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षिया, ललितपुरमा ७३ वर्षिया, भक्तपुरमा ८२ वर्षिया र सुर्खेतमा ८२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षिय, धनुषामा ७० वर्षिय, काठमाडौंमा ५८ वर्षिय, ९१ वर्षिय र कस्कीमा ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षिय, ८१ वर्षिय र ९२ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }