शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

मोबाइल फोनको स्क्रीनमा २८ दिनसम्म कोरोना भाइरस बाँच्ने- अनुसन्धान रिपोर्ट


  • माउन्टेन खबर
  • सोमवार, अशोज २६, २०७७
  • 427
    SHARES

काठमाडौं।  कोभिड-१९ फैलाउने भाइरस मोबाइल फोनको स्क्रिनलगायतका वस्तुहरुमा २८ दिनसम्म जीवित रहनसक्ने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले दिएको सुझाव अनुसार कोभिड-१९ अनुमान गरेभन्दा लामो समयसम्म जीवित रहन सक्छ।

अनुसन्धानकर्ताहरुले अँध्यारो ठाउँमा गरेको परीक्षणले यस्तो नतिजा निकालेको हो। अल्ट्राभाइलेट प्रकाशले भाइरसलाई मार्ने यसअघिको अनुसन्धानमा देखाइसकेको छ।

केही विज्ञहरूले वास्तविक जीवनमा सतह प्रसारणले देखाएको वास्तविक खतरामा पनि शंका व्यक्त गरेका छन्।

कोरोनाभाइरस प्राय जसो खोक्दा, हाक्ष्युँ गर्दा वा कुरा गर्दा सर्दछ।

साथै हावाबाट पनि भाइरस सर्नसक्ने तथ्य पनि बाहिरिएको थियो। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोलले धातु वा प्लास्टिक आदि छुँदा पनि संक्रमण हुने सम्भावना रहने जनाएको छ।

यसअघिका प्रयोगशालामा भएका परीक्षणमा बैंक नोट वा सिसामा सार्स कोभ-२ भाइरस दुई वा तीन दिनसम्म रहन सक्ने तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म जीवितै रहन सक्ने देखाएको थियो। यद्यपि अनुसन्धानअनुसार परिणाम फरक भेटिन्छ।

जेभएतापनि यसैबीच अस्ट्रेलियन एजेन्सीले गरेको अनुसन्धान सार्वजनिक भएको हो, जसले भाइरस प्रयोगशाला परीक्षणमा लामो समयसम्म जीवित रहने देखाएको छ। मोबाइल फोनमा हुने स्क्रिन जस्तै समथर सतह भएका सिसा, प्लास्टिक वा पेपर नोटलाई २० डिग्री सेल्सियस तापक्रम र अँध्यारोमा राखेर परीक्षण गर्दा भाइरस २८ दिनसम्म बलियो अवस्थामा रहने देखिएको हो।

तुलनात्मकरुपमा अरु फ्लु भाइरस यही वातावरणमा १७ दिनसम्म बाँच्ने भेटिएको थियो ।

यो अनुसन्धानको रिपोर्ट भाइरोलोजी जर्नलमा प्रकाशित भएको छ। जसमा भाईरस कम तापक्रमको तुलनामा बढी तापक्रम हुने ठाउँमा छिट्टै निष्क्रिय हुन्छ। ४० डिग्री तापक्रम भएको समयमा सतहमा २४ घन्टामा भाइरस सर्ने हैसियतमा नरहने देखिएको छ। कुनै पनि कपडामा भाइरस १४ दिनसम्म जीवितै रहने देखिएको छ।

कार्डिफ युनिभर्सिटीका प्राध्यापक तथा कमन कोल्ड सेन्टरका पूर्व निर्देशक रोन इक्लेसले अनुसन्धानको कडा आलोचना गरेका छन्।

कोविड-१९ मुख्यतया हावा मार्फत फैलिन्छ। अध्ययनले देखायो कि भाइरस तीन घण्टा भन्दा बढी समयको लागि वायुजनित कणहरूमा संक्रामक अवस्थामा रहन सक्छ। तर यो अझै निश्चित भएको छैन की कस्तो अवस्थामा यो बैंक नोटहरू र टचस्क्रीन जस्ता सतहहरूबाट फैलिन सक्छ।

अनुसन्धानको यी परिणामहरूले नियमितरुपमा हात धुनुपर्छ साथै नियमित रूपमा टचस्क्रीनहरू सफा गर्नुका साथै संक्रमणको जोखिमलाई कम गर्न आफ्नो अनुहार छुनबाट जोगिनको लागि समेत ध्यान दिन भनेको छ। बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }