आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतका लागि नेपाली राजदूत रेग्मीद्वारा पदबहाली


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 374
    SHARES

लण्डन, १८ फागुन ।  बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गर्नुभएको छ । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्कनुभएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आउनुभएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुनुहुन्छ ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव हुनुभएको थियो ।

सोमबार मात्र लण्डन आइपुग्नुभएका रेग्मीले सोही दिन नै कार्यभार सम्हाल्नुभएको हो । उहाँलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }