शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकावासी कल्पना सुवेदीको गालाको तिलैमा गीत आधा मिलियन दर्शकले हेरे


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १९, २०७७
  • 1.4K
    SHARES

मार्च २, अमेरिका । अमेरिकावासी कल्पना सुवेदीको शब्दमा मेलिना राई र प्रताप दासको सुमधुर स्वर रहेको गीत “गालाको तिलैमा” दुई हप्ता पनि नपुग्दै आधा मिलियन  दर्शकले यूट्युबमा हेरेका छन्। यो गीतमा आकाश श्रेष्ठ, पूजा शर्मा, कमल सिंह र सृजना केसीको अभिनय रहेको छ। यो गीतमा किरण कंडेलको संगीत छ भने भिडियो निर्देशन निकेश खड्काले गरेका छन्। बुद्ध थापा द्वारा छायांकन गरिएको यस भिडियोमा विकाश धमलाले सम्पादन गरेका छन्।

गीतकार कल्पना सुवेदीका पिता लक्ष्मण सत्यालज्यूको जन्म दिन श्रीपंचमी पूजाको अवसर पारेर “गालाको तिलैमा” गीतको म्यूजिक भिडियो बिग सिनेमा, सिटि सेन्टर, कमलपोखरीमा आयोजित कार्यक्रममा गायक, कलाकार, लेखक तथा अतिथीहरुको संयूक्त टोलीले लोकार्पण गरेको थियो। साथै सोहि दिन नेपाली साहित्यकार विश्व संजाल समुहले जुम मार्फत “रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम २०७७”, कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा यस गीतको पनि लोकार्पण गरिएको थियो।

बिगत तिन दशक देखि भर्जिनियामा बस्दै आएकी यस गीतकी रचयिता साहित्यकार कल्पना सुवेदीका अनुसार उनलाई पहिले देखि नै लोकगीत र नृत्य मन पर्ने भएकोले उनले यो आधुनिक गीतलाई अलिकति मोडेर आधुनिक लोकगीत बनाएकि हुन्। आधुनिक लोक गीत बनाउदै गर्दा यसमा नेपाली संस्कृति र कला पनि झल्कियोस भन्ने उनको चाहना थियो। जसले गर्दा यो गीत मार्फत नया तरिकाले नाच्न, गाउन र रमाउनक लागि फ्युजन गर्दै नेपाल भित्र मात्र नरहेर बाहिर डायस्पोरामा वस्नेहरुका लागि पनि उपयोगी होस् भनि भरपुर मेहेनत गरेकी छिन्।

सुवेदीका अनुशार यो गीति भिडियो पनि उनले सोचे जस्तै निस्कियो। अहिले संसार भरका सबै उमेरका नेपालीहरुले मन पराई दुई हप्ता नपुग्दै आधा मिलियन भन्दा बढी दर्शकहरुले हेरीसकेका छन् । यसैगरी यस गीतका दुई हरफहरुलाई लिएर करिब पन्ध्र सय टिकटक भिडियो बनिसकेका छन् र यो बन्ने क्रम अझै जारि छ।

पहिलो गीतमा नै, छोटो समयमा यती धेरै दर्शक तान्न सफल भएकी कल्पना सुवेदी बधाईकी पात्र हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }