सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकाको ३१ चोकमा ट्राफिक बत्ती, सवारी व्यवस्थापनमा सहज


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 851
    SHARES

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापनमा सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग र महानगरपालिका र विभिन्न सङ्घ संस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज भएको हो ।

विस २०६३ सालमा बन्द रहेको ट्राफिक बत्ती ११ वर्षपछि विस २०७४ सालबाट सञ्चालनमा आएको थियो । महाशाखाका तत्कालिन प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (पूर्व प्रहरी महानिरीक्षक) सर्वेन्द्र खनालको पहलमा विस २०७४ चैत १३ गते नयाँ बानेश्वर चोक र महाराजगञ्ज चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो ।

बिचमा विस २०७१ मा काठमाडौँमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा ट्राफिक बत्ती जडान भएपनि सोही बत्ती राम्रोसँग सञ्चालन हुन सकेको थिएन ।
काठमाडौँ उपत्यकामा जडान भएका ट्राफिक बत्तीमध्ये २० वटा सडक विभाग, चारवटा ललितपुर महानगरपालिका, दुईवटा काठमाडौँ महानगरपालिका, दुईवटा माछापुच्छ«े बैँक, एकवटा सनाईज, एकवटा प्राइम र एकवटा त्रिपुरेश्वर रोटरी क्लबलेको सहकार्यमा जडान गरिएको हो ।

जसमध्ये अल्का अस्पताल अगाडि, महापाल चोक, हरिहरभवन र पुल्चोक चोकको ललितपुर महानगरपालिका, ल्होत्से चोक र भाटभटेनी चोकको काठमाडौँ महानगरपालिका, लैनचौर र एकेडेमी मोडको माछापुच्छ«े बैँक, गैह्रीधारा चोकको सनराइज बैँक, कृष्ण पाउरोटी चोकको प्राईम बैँक र त्रिपुरेश्वर चोकको त्रिपुरेश्वर रोटरी क्लबले जडान सहकार्य गरेका हुन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई ट्राफिक बत्तीको जडानसँगै उपत्यकाको सवारी व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “प्रविधिमैत्री बत्तीको प्रयोगसँगै ट्राफिक जनशक्ति कम लाग्ने हुँदा ट्राफिकको काममा समेत सहजता आउनेछ,”– उहाँ भन्नुहुन्छ ।

नेपालमा पहिलो पटक विस २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । विस २०३७ सालमा जाइकाको सहयोगमा उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरिएको थियो । जाइकाले बत्ती जडान गरेको केही समय बत्ती बलेर ट्राफिकले केही सहजता पाएपनि पछि बत्ती विग्रेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला ट्राफिक बत्ती जडानसँगै चालकमा सडक अनुशासन कायम हुने बताउनुहुन्छ । “सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अति आवश्यक छ,”–उहाँ भन्नुहुन्छ ।

महाशाखाले केही समय पहिले गरेको अध्ययनमा काठमाडौँको उपत्यकाभित्र हुने ट्राफिक जाम न्यूनीकरणका लागि १३९ चोकमा ट्राफिक बत्ती जडान गर्नुपर्ने देखिन्छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }