शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूलको नमुना निर्वाचन सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ६, २०८१
  • 100
    SHARES

भरतपुर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कूलले नमुना निर्वाचन मार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायकहरू निर्वाचित गरेको छ।

प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ का लागि आ–आफ्ना प्रतिनिधिहरू चुनेका हुन्। कुल ३६ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा, विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा तथा ४ सदन का नायक–सहनायक गरि जम्मा १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन्।

मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ आतित्य थापा, उप कप्तानमा सचिन खनिया र छात्रातर्फ अमिता प्रजा र प्रिया सिलवाल क्रमशः कप्तान र उपकप्तानमा निर्वाचित भएका छन् ।

त्यसैगरी ४ वटा सदनका नायक र सहनायकमा, निलो सदनबाट दिसन पुलामि मगर – विपसना अर्याल, हरियो सदनबाट पुर्णिमा मण्डल – शिभ सुनार, रातो सदनबाट विराज थपलिया – सजिना कार्की, र पहेलो सदनबाट अनिस कुंवर – जेशिका भारती, निर्वाचित भएका छन्।

निर्वाचन सञ्चालन समितिको संयोजकको भुमिकामा रहनुभएका विद्यालय अतिरिक्त क्रियाक्रलाप विभाग प्रमुख सन्देश घिमिरेले ग्रीनल्याण्ड पब्लिक स्कूलले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो प्रक्रिया यसै वर्षदेखि नवीन थालनी भएको र यसवाट विद्यार्थीले प्रजातान्त्रीक निर्वाचन प्रणाली राम्रोसँग बुझ्न पाएको बताउनुभयो ।

निर्वाचन अधिकृतको भुमिकामा रहनुभएकी विद्यालयकी प्रिन्सिपल इन्दिरा पन्त कार्कीका अनुसार उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध – फिर्ता अनि प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले वास्तविक निर्वाचनको पूर्ण अनुसरण गरेको थियो।

नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउँदै, राजनीतिक सामाजिकीकरण को स्वस्फूर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको कार्कीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }