सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चुरे आसपास १५ सय सामुदायिक वनमा डढेलो


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 536
    SHARES

१८ चैत्र, उदयपुर। उदयपुरको चुरे आसपासका १५ सय सामुदायिक वनमा डढेलो लागेको छ। एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधा दर्जन गाउँ उच्च जोखिममा परेका छन्।

त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय सामुदायिक वनमा डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, प्रहरीको सक्रियतामा डढेलो नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकृत जागेश्वर साहले जानकारी दिए।

अहिले त्रियुगा नगरपालिकाको चुरे क्षेत्रमा लागेको डढेलो स्थानीयवासी, प्रहरी र वनका कर्मचारी मिलेर नियन्त्रण गरेका छन्। त्रियुगा नगरपालिका क्षेत्रको पश्चिम चुरे क्षेत्र र दक्षिण चुरे क्षेत्रका दर्जनौँ सामुदायिक वनमा डढेलो बढ्दै गएको छ।

चुरे आसपासका गाउँ उच्च जोखिममा छन्। डढेलो नियन्त्रणमा वनका कर्मचारी, स्थानीयवासी र प्रहरी खटिएका छन्।

हावाहुरी चल्ने क्रम बढ्दै गएपछि डढेलो फैलिँदै गएको त्रियुगा नगरपालिका– २ सनुवाका कृष्ण राजधामीले बताए। जिल्लामा ३ सयभन्दा बढी सामुदायिक वन छन्। चुरे क्षेत्रका सामुदायिक वन प्रायः गाउँसँग जोडिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }