सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 339
    SHARES

काठमाडौं, १८ चैत्र

उपत्यकाको सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीको छुटै टोली परिचालन गरिने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार एक कार्यक्रम गरी उपत्यकाको सडक व्यवस्थापनका लागि कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गर्ने बताएको हो । करिडोरलाई चौबिस खण्डमा बिभाजित गरि कोरिडोर क्लियरेन्सको लागी १७ टोली गठन गरि परिचालन गरिने भएको छ । टोलीको पहिचानको लागी ट्राफिक प्रहरी सीएमटी लेखिएको ज्याकेट लगाएर १५ वटा मोटरसाइकलबाट ३० जनाले नियमित अनुगमन गर्नेछन् ।

मुख्य कोरिडोरहरु विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गर्न सो टोली परिचालन गरिएको साथै कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै टोली परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताउनुभयो ।

उक्त टोलीले सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागी छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहित गर्ने समेत जनाइएको छ । मुख्य सडकको चोक, जक्सनको क्यूमा बस्नुपर्ने बिकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरि समय तथा इन्धनको समेत वचत हुने अपेक्षा ट्राफिक प्रहरीले गरेको छ । महाशाखाले बुधबार आर्थिक प्रलोभनमा नपरी इमानदार भएर काम गरेका भन्दै ३६ जना ट्राफिक प्रहरीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }