सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं भित्रने सबैको एन्टिजेन परीक्षण गरिने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 562
    SHARES

काठमाडौ ,१८ चैत्र

कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ ।

मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो । नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

यस्तै स्थानीय तहमा जोखिम पहिचान गरी एन्टिजेन परीक्षण बढाउनेसमेत भएको उहाँले जानकारी दिनुभयो । विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यस्तै मन्त्रालयले सबै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्न अनुरोध गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }