शुक्रबार, बैशाख २१, २०८१

कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 758
    SHARES

२४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । जिल्ला अस्पताल सल्यानमा कोभिड बिरामीको अवस्था, भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणका साथै स्वास्थ्यकर्मीको समस्याबारे उहाँले जानकारी लिनुभयो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट गर्न सकिने काम जतिसक्दो चाँडो हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सल्यान जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई उहाँले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }