आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन युरोपेली आयोगसमक्ष आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 576
    SHARES

३० बैशाक, काठमाडौं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गर्नुभएको छ ।

आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गर्नुभएको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उहाँले गर्नुभएको आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिनुभएको उक्त दूतावासले जनाएको छ ।

राजदूत राजभण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अध्यक्ष लिएनमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }