आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न : रामकुमारी झाँक्री


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 317
    SHARES

३० बैशाख, काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्न नहुने बताउनुभएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ नहुने भन्दै झुक्न नहुने बताउनुभएको हो।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन’,

साथै उहाँले ओलीले संसद विघटन सही थियो भन्ने प्रमाणित गर्न यो सवै भइरहेको समेत दावी गर्दै जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र विकल्प विद्रोह भएको र आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने बताउनुभएको छ।

उहाँ लेख्नुहुन्छ, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौँ’।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }