आइतवार, बैशाख ३०, २०८१

स्वास्थ्य सामाग्री आयात सहजका लागि राष्ट्र बैंकले छोट्यायो विदेशी मुद्राको प्रक्रिया र सीमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 1.2K
    SHARES

३० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ड्राफ्ट तथा टिटिमार्फत स्वास्थ्य समाग्रीको आयातलाई सहज बनाउन विदेशी मुद्राको सीमा खुकुलो बनाउनुका साथै प्रक्रिया समेत छोट्याएको छ। कोरोना संक्रमितले हस्पिटलमा बेड तथा अक्सिजन नपाएर ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय बैंकले स्वास्थ्य सामाग्री आयातमा लचिलो बनेको हो ।

स्वास्थ्य सेवा विभागको सिफारीसमा कोरोना उपचारका लागि आवश्यक औषधिजन्य तथा उपचार सामाग्रीहरु आयात गर्दा ड्राफ्ट र टिटि मार्फत भुक्तानी गर्ने रकमको सीमा करिब तीन गुणाले बढाएर एक लाख डलर पुर्याएको छ । एकल बिजक मार्फत भुक्तानी गर्ने गरि ड्राफ्ट तथा टिटिमार्फत स्वास्थ्य सामाग्री आयात गर्दा एक लाख अमेरिकी डलरसम्मको सीमा दिएको हो । त्यसका साथै केन्द्रीय बैंकले विजनेश क्रेडिविलिटी इन्फर्मेशन पनि अनिवार्य नहुने व्यवस्था गरेको छ ।

एक लाख डलर भन्दा धेरैका लागि भने स्वास्थ्या सेवा विभागको सिफारीस तथा विजनेश क्रेडिविलिटी इन्फर्मेशन आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । यो सुविधा आगामी असार महिनासम्म मात्र कायम रहने राष्ट्र बैंकले निर्देशनमा उल्लेख रहेको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङक, अक्सिजन जेनेरेटर, अक्सिजन उत्पादन प्लान्ट, अक्सिजन वितरणसंग सम्बन्धित अन्य उपकरणहरु, भेन्टिलेटर लगायतको हकमा ड्राफ्ट/टिटि रकमको सीमा एक लाख अमेरिकी डलर भन्दा धेरै भएको खण्डमा स्वास्थ्य सेवा विभागको सिफारीस सहित राष्ट्र बैंकको स्वीकृतिका लागि निवेदन दिनु पर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }