सोमवार, बैशाख ३१, २०८१

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता, चुक्ता पुँजी २६ अर्ब


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 566
    SHARES

काठमाडौं, ३० वैशाख 

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता भएको छ। लामो समयको प्रयासपछि दुई वाणिज्य बैंकबीच आज मर्ज सम्झौता भएको हो । मर्ज सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ। बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहनेछन्। उनीपछिको कार्यकाल ज्योती पाण्डेले सम्हाल्नेछन्। उनी हाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुन ।

स्वाप रेसियो १ बराबर १ नै हुनेछ। मर्जपछि बन्ने नयाँ बैंकको कुल कर्जा प्रवाह २ खर्ब ८८ अर्ब रुपैयाँ हाराहारी हुनेछ। यस्तै निक्षेप २ खर्ब ९८ अर्ब रुपैयाँ हुनेछ।

यस्तै चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो। जगेडा कोष १९ अर्ब १४ करोडको हुनेछ।

संचालकमा दुबैं बैंकको तर्फबाट तीन–तीन जना नियुक्त हुने र नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ती गरी जम्मा सात जनाको संचालक समिति हुनेछ । कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, संचालक समिति, माथिल्लो व्यवस्थापन टिम लगायतका विषय मिलिसके पनि हबिबको शेयर बिक्रीका सम्वन्धमा भने टुंगो लागेको छैन। हाल हबिबसँग हिमालयन बैंकको २० प्रतिशत संस्थापक शेयर छ। बाँकी सबै प्रक्रियाहरु आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने जनाइएको छ।

यी दुई बैंकले एकीकृत कारोबार सुरु गरेपछि वाणिज्य बैंकको संख्या २६ हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }