आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गर्यो सवारी अनुगमन


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 534
    SHARES

काठमाडौं ,३० बैशाख

कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाण्डौले विहिबार सवारी अनुगमन गरेको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारी सहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो । निषेधाज्ञामा काठमाण्डौका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम्र सडकमा निस्किएको हो ।

अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिषरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरुनै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उहाँले बताउनुभयो । उहाँले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने बताउनुभयो । उहाँले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताउनुभयो ।

सुरक्षा निकायका अधिकारी सहितको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्खुट्े लगायत स्थानको अनुगमन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }