आइतवार, बैशाख ३०, २०८१

होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने धुलिखेल नगरपालिकाको निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३०, २०७८
  • 520
    SHARES

धुलिखेल ,३० बैशाख
धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ ।

कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।

विहिबार न्युज एजेन्सी नेपाल संग कुरा गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताउनुभयो । उहाँले होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिएको भन्दै उहाँले आफुहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताउनुभयो ।

धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरु संञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }