आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपनिर्वाचनको उम्मेदवारीमा देवकोटाले पुर्नविचार नगर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 390
    SHARES

३१ बैशाख, काठमाडौं । बिपक्षीदल तथा एमाले नेपाल– खनाल समूहको समर्थनबाट उपनिर्वाचनमा उम्मेदवार बन्नु भएका डा. खिमलाल देवकोटाको उम्मेदवारीमा पुर्नविचार नगर्ने स्पष्ट पार्नुभएको छ । नेकपा एमाले भित्रको अन्तरसघर्ष केही हदसम्म सल्टिएपछि आसन्न राष्ट्रियसभाको उपनिर्वाचन तीर धेरैको चासो बढेको थियो ।

सामाजिक संञ्जालमा एक स्टाटस राख्दै देवकोटाले नेपाली काँग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरुको समर्थन र सहयोगबाट उम्मेदवारी दिएको स्थितीमा यसमा पुर्नविचार गर्ने कुरा कल्पना भन्दा वाहिरको विषय भएको जनाउनु भएको हो।

उहाँले लेख्नुभएको छ – २०७८ वैशाख ३० गते भएको राजनीतिक घटनाक्रम पछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरुले मेरो उम्मेदवारी प्रति जिज्ञासा राख्नु स्वभाविक नै हो । मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण लगायतका लागि राजनीतिक दलहरु विभाजित हुनु हुँदैन ।

उहाँले अगाडी लेख्नुभएको छ, नेकपा एमालेका नेता कार्यकर्ता लगायत सवै राजनीतिक दलहरुले म प्रति पूर्ण विश्वास र सदभाव राख्नु भएको अवस्थामा मेरो उम्मेदवारी प्रति म प्रतिवद्ध छु । तर्सथ सवै मतदाताहरुमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिन्ह कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }