आइतवार, बैशाख ३०, २०८१

सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 481
    SHARES

३१ बैशाख, काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गरेको हो ।

दुई लाख ३४ हजार एक सय ९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको चार कित्ता शेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका चार जनालाई एक–एक कित्ताका दरले थप गरिएको छ । चार जना लगानीकर्ताले भने ११ कित्ता शेयर पाएका छन् ।

आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार छ सय २७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । चार हजार चार सय ४२ आवेदन भने अयोग्य ठहरिएका थिए ।

कम्पनीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार दुई सय ३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }