आइतवार, बैशाख ३०, २०८१

आजबाट बैंकले दिने सेवामा कटौती गर्दै


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 227
    SHARES

३१ बैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा पनि बैंकहरुमा भिडभाड बढ्न थालेपछि आजबाट बैंकले दिने सेवामा कटौती गर्ने भएको छ। नेपाल बैंकर्स संघले हिजो एक सूचना जारी गर्दै खाताबाट नगद झिक्ने, ५० हजार रुपैयाँ भन्दा माथि मात्रै खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धि सेवा गरि अब पाँच सेवा मात्रै प्रदान हुने जनाएको हो ।

संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन र डिजिटल उपकरणहरुको प्रयोगमा जोड दिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ। डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न संघले आग्रह गरेको छ।

त्यस्तै सबै एटिएमको हकमा भने चौबिसै घण्टा खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुने जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }