आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा नमुना बिद्यालय निर्माणको लागि आर्थिक संकलन हुँदै


  • आशिष लामा
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 913
    SHARES

रसुवा ३१ बैशाख

जिल्लाको उत्तरगया गाउँपालिका अन्तर्गत श्री निलकण्ठ माध्यमिक बिधालयलाई नेपाल सरकारको मापदण्ड अनुसार नमुना बिधालय बनाउने उदेश्यले पूर्व विद्यार्थी,शिक्षा प्रेमी तथा अभिभावकहरु रकम संकलनमा लागेका छ्न।

बिधालयलाई आवश्यक ४ रोपनी जग्गा खरिदको लागि आर्थिक अभाव भएकोले आफुहरु आर्थिक संकलनमा लागेको पूर्व विद्यार्थी तथा समाजसेवी शशी डंगोलले बताए।

अहिले सम्म १ सय १८ जना पूर्व विद्यार्थी तथा शिक्षाप्रेमीहरुले उक्त अभियानमा सहभागीता जनाईएका छ्न । आवश्यक भौतिक संरचना निर्माणको लागि जग्गा खरिद गर्न ७६ लाख ८ हजार रुपैयाँ लाग्ने शिक्षक तथा समाजसेवी गणेश श्रेष्ठले बताए। विभिन्न व्यक्ति तथा संघ संस्था मार्फत अहिले सम्म २० लाख ९१ हजार ९ सय ६६ रुपैयाँ १५ पैसा रकम संकलन भएको श्रेष्ठले बताए।

अभियानको सबैभन्दा पहिले उत्तरगया गाउँपालिका वडा न।५ स्थायी घर भई हाल बेल्जियम बस्दै आएको मिरा डंगोलले १ लाख १०० रुपैयाँ सहयोग गरि अभियानको शुरूवात भएको श्रेष्ठले बताए।
हाल सम्म सबैभन्दा बढी आर्थिक सहयोग गर्नेमा रसुवा उत्तरगया गाउँपालिका वडा न।२ सिम्ले निवासी लेखनाथ अधिकारीले १ लाख १ हजार १ सय ५५ रुपैयाँ सहयोग गरि नाम कायम गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }