आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुरमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 295
    SHARES

३१ बैशाख, मकवानपुर । मकवानपुरमा शुक्रबार थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४५ जना महिला र ५५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहित कैलाश गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, र हेटौंडा उपमहानगरपालिकाका १ सय १ जनामा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।

त्यस्तै संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का १० जना महिला र १३ जना पुरुष गरी २३ जना रहेका छन् । वडा गत रुपमा हेटाँैडा–१ का ८ जना, हेटौँडा–२ का ६ जना, हेटाँैडा–४ का ७ जना, हेटौँडा–६ का ३ जना, हेटौँडा–७ का ४ जना, हेटौँडा–८ का ६ जना, हेटौँडा–९ का १३ जना, हेटौँडा–१० का ६ जना, हेटौँडा–११ का ८ जना, हेटौँडा–१५ का ४ जना, हेटौँडा–१७ का २ जना, हेटौँडा–१८ का ३ जना, हेटाँैडा–१९ का १ जना र हेटौँडा वडा खुल्न नसकेका ७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ७६ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }