आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मोरङमा १० दिन निषेधाज्ञा थपियो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३१, २०७८
  • 370
    SHARES

३१ बैशाख, काठमाडौं । मोरङ जिल्लामा निषेधाज्ञा दश दिन थपिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको हो । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए । निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको ढुवानीका लागि पनि बिहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।

प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यस अघि औद्योगिक मजदूरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ । उद्योगकै आवास गृहमा रहेका मजदूर प्रयोग गरेर उद्योग सञ्चालन गर्न पाइनेछ । सङ्क्रमण बढेकाले बाहिरी मजदूरको आवत–जावत रोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहनेछ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनकाअनुसार बैङ्कलाई अनलाइन कारोबार गर्नका लागि आग्रह गरिएको छ । प्रशासनले खाद्यान्न सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुको बिक्रीका लागि बिहान १० बजेसम्मको समय तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }