सोमवार, बैशाख ३१, २०८१

दैनिक ४०० जना लाई खाना खुवाउदै के एल दुगड ग्रुप


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १, २०७८
  • 529
    SHARES

बाँके ,१जेठ

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्ह के एल दुगड ग्रुपले उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानिय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवी ले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन ।

प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको कार्यक्रम को शुभारम्भ मा अशोक कोइराला ले बताउनु भयो । ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ कोईरालाले भने ।

सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको छ । कार्यक्रम मा २ महिना लाई आबस्यक पर्ने खाध्यान्न के एल दुगड समुह ले सहयोग गरेको छ भने अन्य आबस्यक सामाग्री नेपालगन्ज स्थित अन्य उध्योगी ब्यबसायी हरु ले सहयोग गरेका छन।

संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराईएको के एल दुगड ग्रुपका प्रबन्धक प्रदिप छाजेडले बताए । ‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानिय समाजसेवी तथा नेता साथीहरुले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं ।’ छाजेडले भने ।

बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }