सोमवार, बैशाख ३१, २०८१

चालू आवमा प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २, २०७८
  • 485
    SHARES

काठमाडौं, २ जेठ

चालू आर्थिक वर्षमा मुलुकका सात प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिदरको प्रक्षेपणको आधारमा औसतमा उक्त वृद्धिदर कायम हुने देखिएको हो ।

सात प्रदेशमध्ये बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी रहने अनुमान विभागले गरेको छ । यस प्रदेशको अर्थतन्त्रको वृद्धिदर ४.७ प्रतिशत रहने प्रक्षेपण गरिएको हो, जस अनुसार उसको अर्थतन्त्रको आकार रू. १६ खर्ब ८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

विभागका अनुसार प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेर अर्थतन्त्रको आकार ६ खर्ब ६३ अर्ब पुग्नेछ । यस्तै प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर क्रमशः ३.६ र ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ । यससँगै यी दुई प्रदेशको अर्थतन्त्र क्रमशः १ खर्ब ७२ अर्ब र २ खर्ब ९४ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ३.६ र ३.९ प्रतिशतले बढेर ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब पुग्ने अनुमान विभागको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }