आइतवार, बैशाख ३०, २०८१

हालसम्मकै उच्च बिन्दुमा पुग्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 350
    SHARES

४ जेठ, काठमाडौं । नेपालको शेयर बजारमा मंगलबार (आज) कारोबार रकमसँगै परिसूचकले पनि रेकर्ड तोडेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेर बन्द भएको छ भने कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज २८०० विन्दु नजिक पुगेर बजार बन्द भएको छ ।

नेप्से परिसूचक ३४.६८ अंकले वृद्धि भएर २७९३.८९ विन्दुमा बन्द भएको हो । त्यस्तै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । गत आइतबरा १० अर्ब ४० अर्बको सबैभन्दा बढी कारोबार भएको दिनको रेकर्ड बनाएको बजारले आज ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

यस अघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने माघ २६ गते पनि १० अर्ब १७ करोड र फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }