आइतवार, बैशाख ३०, २०८१

स्वास्थ्य सामाग्री खरिदका लागि ‘वेस रेट’मा कर्जा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 433
    SHARES

४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको उपचार तथा रोकथामका लागि आयात गरिने स्वाथ्य सागम्री खरिदका लागि ‘वेस रेट’ (आधारदर)मा कर्जा उपलब्ध राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको ९ महिने समिक्षा गर्दै नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधारमा नै कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसैगरी नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने भएको छगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

त्यस्तै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन्। निषेधाज्ञाको अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }