शनिबार, बैशाख २९, २०८१

कोरोनाको पहिलो लहरबाट प्रभावित उद्योग निषेधाज्ञा अघिसम्म ८१ प्रतिशत सञ्चालन


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 495
    SHARES

५ जेठ, काठमाडौं । कोरोना संक्रमणको पहिलो लहरका कारण प्रभावित भएर विस्तारै लयमा फर्किन थालेका ८१ प्रतिशत उद्योग हालको निषेधाज्ञा अघिसम्म पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले वैशाख ५ देखि १४ गतेसम्म गरेको सर्वेक्षणले सो अवधिमा ८१.२ प्रतिशत उद्योग पूर्ण क्षमतामा सञ्चालन भएको देखिएको केन्द्रीय बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।

यसअघि मंसिर महिनामा गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग मात्रै पूर्ण क्षमतामा सञ्चालनमा रहेको देखाएको थियो ।

यस्तै यस वर्षको निषेधाज्ञा अघिसम्म सञ्चालनमा आउन नसकेका उद्योग भने ४.२ प्रतिशत रहेको पाइएको छ । गत मंसिरमा यो ९.१ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वैशाख दोस्रो सातासम्ममा आंशिक सञ्चालनमा रहेका उद्योग १४.६ प्रतिशत रहेका छन्, जुन मंसिरमा ३६.९८ प्रतिशत थियो ।

यसैगरी सोही अवधिमा उद्योगहरूको उत्पादन तथा कारोबार कोभिडपूर्वको तुलनामा ६१.४ प्रतिशत र रोजगारीको स्थिति ९३.८ प्रतिशत रहेको छ । गत मंसिरमा यो क्रमशः ५०.५१ र ८७.५१ प्रतिशत रहेको थियो ।

यद्यपि कोभिडको दोस्रो लहर बढेसँगै औद्योगिक गतिविधि पुनः प्रभावित बन्न थालेको राष्ट्र बैंकले बताएको छ । कोभिड महामारीको पहिलो लहरले शिथिल बनेको औद्योगिक व्यावसायिक क्षेत्र पूर्णरूपमा तङ्ग्रिन फर्किन नपाउँदै शुरू भएको दोस्रो लहरले समग्र अर्थतन्त्र प्रभावित भई आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत चुनौती कठिन हुने देखिएको केन्द्रीय बैंकले समीक्षामा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }