मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

हतियारधारी युवकहरूको एक समूहद्वारा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १४, २०७८
  • 504
    SHARES

धरान, १४ जेठ
हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ ।

स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन चौकी आएका थिए । तत्कालै केही युवा आएर उनीहरूमाथि आक्रमण गर्न थालेका थिए ।

उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए । जाहेरी दिन आएका व्यक्तिसँग दाहालले जानकारी लिरहेका बेला एक्कासी युवा प्रवेश गरी खुकुरी प्रहार गरेका थिए ।

आक्रमणकारीले खुकुरी प्रहार गर्दा समात्न खोज्ने क्रममा असई दाहालको बायाँ हातमा चोट सामान्य लागेको छ । घाइते दाहालको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले उजुरी गर्न आएका दुवैलाई जोगाएको थियो । उनीहरूलाई फोनमा धम्की दिनेहरूले नै आक्रमण गरेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।

वडा नं १५ को वडा कार्यालय सामुन्ने रहेको चौकीभित्रै साँझ ७ः३० बजे आक्रमण भएको वडा नं १५ का वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिनुभयो । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार प्रहरी कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }