शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक सर्वेक्षण सार्वजनिक ( LIVE )


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १४, २०७८
  • 1.0K
    SHARES

काठमाडौं, १४ जेठ

आर्थिक सर्वेक्षण  सार्वजनिक भैरहेको छ । आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थितीको मूल्यांकन सहितको सर्वेक्षण समावेश हुने गरेको छ ।

कोरोना महामारीको कारण अर्थ मन्त्रालयमै डिजिटल माध्यमबाट सर्वेक्षण सार्वजनिक गर्छनु भएको हो।

भोली ४ बजे अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बार्षिक बजेट सार्वजनिक गर्ने कार्यक्रम छ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेट अध्यादेशबाट ल्याउन लाग्नु भएको हो ।

संविधान अनुसार प्रत्यक वर्षको जेठ १५ मा आगामी अर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

कोरोनाले आमनागरिकको जीवन र अर्थतन्त्र निकै प्रभावित भएकाले आगामी बजेटको प्राथमिकता त्यसैमा हुने बताइएको छ । यसको अतिरिक्त सरकारले आगामी कात्तिक र मंसिरमा निर्वाचन घोषणा गरेकाले निर्वाचनलाई प्रभावित गर्ने पपुलिष्ट कार्यक्रमहरु आउने आशंका छ।

नेपालमा २०६२÷०६३ को जनआन्दोलन पश्चात हालसम्म १३ वटा बजेट सार्वजनिक भएका छन् । अर्थमन्त्रीका रुपमा विष्णु पौडेलेले ल्याउन लाग्नु भएको यो दोश्रो बजेट हो। यस अधि आर्थिक बर्ष २०७३÷०७४मा तत्कालिन ऐमाले सरकारका अर्थमन्त्रीका रुपमा उहाँले बजेट प्रस्तुत गर्नु भएको थियो।

सौजन्य : न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }