मङ्लबार, बैशाख २५, २०८१

मदनकृष्ण श्रेष्ठको आग्रह – ‘भ्याक्सिन बटुलेर जनतालाई बचाउनु होस्’


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १८, २०७८
  • 739
    SHARES

१८ जेठ, काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले सरकारलाई भ्याक्सिन बटुलेर जनतालाई बचाउन आग्रह गर्नुभएको छ। एक साताअघि अस्पतालबाट कोरोना जितेर घरफर्किनु भएको श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उहाँले सरकारलाई यस्तो आग्रह गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ,‘सरकारले कोरोनालाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु’, त्यस्तै उहाँले अगाडी लेख्नुभएको छ, ‘कोरोनाले मलाई पछार्न त नराम्रैसँंगै पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि । बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … । तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन ।’ साथै उहाँले सरकारलाई प्रश्न समेत गर्नुभएको छ ‘जनता नै भएन भने कसलाई शासन गर्ने ?’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }