मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल भित्रियो भारतकै ठूलो लक्जरी ब्रान्ड आईटीसी, साँगामा १ अर्ब लगानीको लक्जरी रिसोर्ट


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १८, २०८१
  • 50
    SHARES

काठमाडौं। भारतको सबैभन्दा ठूलो ‘ब्रान्ड’ आईटीसी होटल ग्रुप पहिलो पटक नेपाल भित्रिने भएको छ। हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आईटीसीले भक्तपुरको साँगामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो।

विभिन्न देशका ८० स्थानमा ११५ वटा होटलको हस्पिटालिटी म्यानेज गरिसकेको आईटीसी ग्रुपले नेपालमा कमल जैनको लगानीमा निर्माण गरिएको ‘फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा’को हस्पिटालिटी व्यवस्थापन गर्न लागेको हो।

फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा ३२ रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो। रिसोर्ट जग्गाबाहेक १ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको हो।

पहिलो चरणमा रिसोर्टमा ६७ वटा रुम सञ्चालनमा ल्याइने आईटीसी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीप पुरीले जानकारी दिए।

उनका अनुसार दोस्रो चरणमा त्यसलाई बढाएर १५० वटा बनाइनेछ। रिसोर्टमा नेपालकै सर्वोत्कृट स्पाको सुविधा हुनेछ। फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा साँगा मन्दिर बनाउने कमल जैनको लगानीमा निर्माण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }